मेटाले भारततका प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएकोमा माफी मागेको छ। सो पछि भारतीय जनता पार्टी (भाजपा)ले यसमा प्रतिक्रिया जनाएको छ।
भाजपा सांसद निशिकान्त दुबेले बिहीबार यसलाई भारतको कानुन र संविधानको विजय भएको बताएका छन्।
निशिकान्त दुबेले भने, 'यो भारतको कानुन, संविधान र संसदको जित हो। यो १.४ अर्ब जनताको नेता प्रधानमन्त्रीको शक्ति हो। यो स्पष्ट छ कि भारतमा व्यापार गर्न चाहने जो कोहीले पनि देशको कानुन पालना गर्नुपर्नेछ।'
हालै सूचना प्रविधि सम्बन्धी संसदीय स्थायी समितिले मेटाको स्वामित्वमा रहेका इन्स्टाग्राम र फेसबुकबाट प्रधानमन्त्री मोदीको भिडियो अस्थायी रूपमा हटाएकोमा माफी मागेको थियो।
प्रकाशित: २१ श्रावण २०८३ १२:१६ बिहीबार





