२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

मर्दी पदयात्रामा हराएका तीन युवाको सकुशल उद्धार

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा सम्पर्कविहीन भएका तीन युवाको सकुशल उद्धार गरिएको छ।

सम्पर्क विहीन भएका पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट खटिएको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको फेदीबाट उद्धार गरेको हो।

मोदी खोलामा पानीको अत्यधिक बहाव भएका कारण उनीहरुलाई बिजुलीको तारमार्फत खोला पारीबाट उद्दार गरिएको हो।

उनीहरु ट्रेकिङ क्रममा बाटो बिराउदा जंगलमा अलपत्र परेका थिए।

प्रकाशित: २१ श्रावण २०८३ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App