पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं-२ बाट मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएका हुन्।
डा. भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेका छन्।
विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिनुभएका डा. भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा निर्वाचन क्षेत्र नं-१ बाट निर्वाचित भएका थिए।
प्रकाशित: ६ माघ २०८२ १५:३० मंगलबार





