२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २३:१९ अपराह्न
राजनीति

बस्नेतको प्रस्ताव- दलहरूको रूपान्तरणका लागि निर्वाचन मतपत्रको ढाँचा बदलौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्वाचन मतपत्रको ढाँचा बदल्न प्रस्ताव गरेका छन्। राजनीतिक दलहरूको रूपान्तरण र योग्य जनप्रतिनिधि छनोटको लागि मतपत्रको ढाँचा बदल्न आवश्यक रहेको उनले बताए।

निर्वाचन मतपत्रमा पार्टीको चुनाव चिह्न राखिने र मतदाताले मतदान गर्दा चुनाव चिह्नमा आफ्नो मत अभिव्यक्त गर्ने निर्वाचन प्रक्रियालाई बदलेर योग्य उम्मेदवार छान्न मतपत्रमा दलको चुनाव चिह्नको सट्टा उम्मेदवारकै नाम र तस्बिर राख्ने व्यवस्था गर्नुपर्ने बस्नेतको माग छ।  

‘मतदाताले आजसम्म आफ्नो उम्मेदवार छान्न पाएनन्, चुनाव चिह्न छान्न लगाइयो। उम्मेदवार जस्तोसुकै भए पनि चुनाव चिह्नका कारणले चुनाव जित्ने वा हार्ने अवस्था छ। जसले गर्दा पुराना दलहरूले पार्टीको चुनाव चिह्न राखी गरिने निर्वाचनको चरम दुरुपयोग गरिरहेका छन्, बस्नेतले भने।

योग्य उम्मेदवारले निर्वाचन जित्नका लागि भ्रष्ट र खराब राजनीतिक दलहरूको झण्डा बोक्नैपर्ने र भ्रष्ट र खराब उम्मेदवारले पनि दल विशेषको चुनाव चिह्नकै कारण चुनाव जितिहाल्ने विद्यमान निर्वाचन प्रक्रियाको अन्त्य हुनुपर्ने बस्नेतको भनाइ छ।

अघिल्लो निर्वाचनमा मतदाताको विद्रोहबाट केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ।

प्रकाशित: ३१ असार २०८२ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App