३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालेन भन्छन्ः तीन वर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको सपना पूरा हुन थालेको  बताएका छन्।  तीन वर्षदेखि रोकिएको योजना अहिले पुनः गति लिन थालेको शाहले सामाजिक सञ्जालमा लेखेका छन्। 

सुरुदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको उनको भनाई छ। ‘सुरुमा वार्ड १६ मा निर्माण गर्ने तयारी भए पनि तत्कालीन वडा अध्यक्ष मुकुन्द रिजालको निधनपछि जग्गा प्राप्त गर्न नसक्दा योजना स्थगित भएको थियो,’ उनले लेखेका छन्, ‘अन्ततः काठमाडौं–५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापति र स्थानीय समुदायको पहलमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्दै २०८१ जेठ २९ गतेदेखि काम सुरु भएको हो।’

हालसम्म निर्माणको करिब ५० प्रतिशत काम पूरा भइसकेको उनले लेखेका छन् । पार्कमा प्रमुख संरचनाहरूअन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्ससहित), बालबालिकाको खेलमैदान, खुला व्यायामशाला (ओपन जिम),शौचालय ब्लक, भलिबल कोर्ट लगायत रहने छन्। 

युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–सङ्गीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा या परियोजना अघि बढाइएको महानगरले जनाएको छ।

प्रकाशित: ९ आश्विन २०८२ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App