३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालेनले भने- ‘जेन-जीको योगदान र बलिदानबाट देशले परिवर्तन पायो’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘जेन-जी’ आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताएका छन्।

युवा पुस्ताको योगदान र बलिदानको उच्च प्रशंसा गर्दै शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्रीका रुपमा प्रमुख शाहलाई पहिलो रोजाइमा राखेका थिए। तर, उनले सरकार गठन प्रक्रियामा कुनै चासो नदेखाई आफूलाई अलग राखेका थिए।

आफ्नो सन्देशमा उनले लेखेका छन्, ‘प्रिय जेन-जी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

प्रमुख शाहको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा भने देखिएका थिएनन्।

प्रकाशित: २७ भाद्र २०८२ २३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App