नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भूमि विधेयक फास्ट्रयाकबाट पास गर्ने एमालेको प्रस्तावले शंका उब्जाएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एमालेको प्रस्तावले शंका उब्जाएको र मन्त्रीमाथि छानबिन गर्न पनि भनेका हुन्।
उनले लेखेका छन्,'पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री ९भूमिसुधार० अझै राजीनामा नदिई पदमै भईरहैको स्थितिमा भूमि विधेयक फास्ट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।'
प्रकाशित: ७ श्रावण २०८२ ०८:४७ बुधबार





