२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

एमालेमा ओली विरोधीलाई ‘कम अवसर’ : ईश्वरसहितका यी ‘हेभीवेट’ नेताहरूले टिकट पाएनन् !

नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकबाट अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाइएको हो। तर पार्टीका प्रभावशाली तथा हेभीवेट नेताहरूको टिकट भने काटिएको छ।

पार्टीको हालै सम्पन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दै पराजित भएका केन्द्रीय सदस्य ईश्वर पोखरेलसहितका नेताहरू अवसरबाट वञ्चित भएका हुन्।

टिकट नपाउनेमा ईश्वर पोखरेलसहित सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, कर्ण थापा, ऐन महर, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद खतिवडा, छविलाल विश्वकर्मा, नीरज आचार्य, विष्णु रिजाल र उषाकिरण तिम्सेनासहित रहेका छन्।

यी अधिकांश नेता महाधिवेशनमा ईश्वर पोखरेल पक्षबाट सक्रिय थिए। तर ओली निकट मानिएका विष्णु, नीरजसहित केही नेताहरू पनि टिकटबाट वञ्चित भएका छन्। 

पार्टी सचिवालय बैठकमा उम्मेदवार छनोटमा मापदण्ड नअपनाइएको भन्दै असन्तुष्टि व्यक्त भएको छ। नेतृ उषाकिरण तिम्सेना लेख्छिन्, ‘ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड। (म पाप र धर्ममा विश्वास गर्दिनँ।)’

उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र ग़ौरबपूर्ण छ।’ 

केही क्षेत्रमा अझै उम्मेदवार टुंगो लाग्न बाँकी रहेकाले कति समेटिने अपेक्षा गरिएको छ। 

यो पनि पढ्नुहोस्

एमालेले टुंग्यायो उम्मेदवार : अध्यक्ष ओली झापा-५, अन्य को कहाँबाट? (नामसहित)

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा निर्वाचन : यी क्षेत्रमा एमालेले टुंगो लगाएन उम्मेदवार (सूचीसहित)

 

प्रकाशित: ४ माघ २०८२ ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App