२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

दुई फर्ममाथि विभागको जरिवाना, ११ लाई चेतावनी

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुगमन गरेको छ।

अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ। विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो।

यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ। रासस

प्रकाशित: २७ फाल्गुन २०८२ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App