२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : यी क्षेत्रमा एमालेले टुंगो लगाएन उम्मेदवार (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। भने केही क्षेत्रमा टुंगो लगाउन बाँकी राखेको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।

यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिव लेखराज भट्ट कैलाली–५ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बनेका छन्। सचिव महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन्। 

यस्तै उम्मेदवारहरू टुंगो लगाउन बाँकी रहेका क्षेत्रमा अध्यक्ष र महासचिवले टुंग्याउने गरी बाँकी राखेको छ।

यी हुन् उम्मेदवार टुंगो लगाउन बाँकी रहेका क्षेत्रहरू:

रुपन्देही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने
४. अध्यक्षले टुङ्गाउने

कपिलवस्तु
२. अध्यक्षले टुङ्गाउने

दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने

बाँके
२. अध्यक्षले टुङ्गाउने

रुकुम पूर्व
१. अध्यक्षले टुङ्गाउने

काभ्रे
२. अध्यक्षले टुङ्गाउने

काठमाडौं
४. अध्यक्षले टुङ्गाउने
५. अध्यक्षले टुङ्गाउने
७. अध्यक्षले टुङ्गाउने

ललितपुर
३. अध्यक्षले टुङ्गाउने

महोत्तरी
३. अध्यक्षले टुङ्गाउने

सर्लाही
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने

पर्सा
१. अध्यक्षले टुङ्गाउने
२. अध्यक्षले टुङ्गाउने

ताप्लेजुङ
१. अध्यक्षले टुङ्गाउने

झापा
३. अध्यक्षले टुङ्गाउने

सुनसरी
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)

मोरङ
५. अध्यक्षले टुङ्गाउने
६. अध्यक्षले टुङ्गाउने

प्रकाशित: ४ माघ २०८२ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App