भोजपुरमा प्रतिनिधिसभा निर्वाचनकाे मतगणना हुँदै छ। जसअन्तर्गत श्रम संस्कृति पार्टीका ध्रुवराज राईले १५,९२५ मतकाे साथ अग्रता कायम गरेकाे छ।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार शेरधन राई १४, ३२६ मतका साथ दाेस्राे स्थानमा छन् भने नेपाली कांग्रेसका बालकृष्ण थापा ८, ४७३ मतकाे साथ तेस्राे स्थानमा रहेका छन्।
यस्तै गरी भोजपुरकाे पछिल्लाे मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्रता पार्टीका उम्मेदवार रमेश ओझाकाे ६,०७८ मत र नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले ५, ५१६ मत प्राप्त गरेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १४:०६ आइतबार





