२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सार्कलाई जापानको एक करोड २० लाख सहयोग

जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयलाई एक करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

सचिवालय र जापान सरकार बीच सार्क-जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो।

सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उक्त कार्यक्रमले जापान र सार्क मुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App