coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मंसिर चारपछि एमालेको एकल सरकार हुने ओलीको दाबी

वीरेन्द्रनगर सुर्खेतमा एमाले अध्यक्ष केपी शर्मा ओली जनसभालाई सम्वोधन गर्दै। तस्विर: गोविन्द /नागरिक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले वीरेन्द्रनगरमा आइतबार भएको जनसभालाई सम्वोधन गर्दै मंसिर ४ गतेपछि एमालेको एकल सरकार हुने दाबी गरे। राष्ट्रिय शक्तिको आवश्यक रहेको भन्दै एमालेबाटै सम्भव भएकाले मंसिर ४ गतेपछि एमालेको सरकार हुने बताएका हुन्।

नेकपा एमाले बाहेक अरुको सरकार अब बन्नै नसक्ने ओलीले जिकिर गरे। ‘मंसिर ४ गतेपछि प्रचण्ड र शेरबहादुरजीको प्रतिपक्ष दलको नेता हुने सल्लाह गर्नुस्।’ ओलीले कटाक्ष गर्दै भने, 'प्रचण्ड जता गयो त्यतै सरकार बन्छ भन्नु अब भ्रमको खेती हो। त्यो जमाना गयो। राजनीतिमा अब विचौलीयाले सरकार बनाउने जमाना गयो।’ हावा गफ गरेको भन्नेहरुले रेलदेखि जहाजसम्म एमालेले चलाएर देखाएको उनले बताए। उनले नेपालमा जे जति कामहरु भएका छन् सबै एमालेले नै गरेको दावी गरे। ‘गठबन्धनभित्रका दलहरुले बनाएको नीति कार्यक्रम घोषणा पत्र हेर्ने हो भने, कसको लागू हुन्छ।’ ओलीले भने, 'पाँच दलमध्ये कसको लागु हुन्छ। घोषणा पत्रमा कार्यक्रम फरक फरक छ। त्यो लागू हुनै सक्दैन्।’ गठबन्धनका दलहरुले जनता अलमल्याउन लागि मात्र निति कार्यक्रम ल्याएको ओलीले बताए। एमाले देशको एउटै राजनिति शक्ति, एउटै घोषणापत्रमा कार्यक्रम ल्याएको हुँदा लागू हुने उनले बताए। 

मध्यान्हतिर दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गरेर आएका ओलीले नेपालमा भएका कामहरु आफ्नो पार्टी गरेको दावी गर्दै गठबन्धनले गरेको एउटा काम देखाउन चुनौती दिए। आफ्नो भाषणमा एमाले अध्यक्ष ओलीले बढी समय शेरबहादुर देउवाको आलोचना गरे। ५ पटक प्रधानमन्त्री भएर कुनै एउटा काम गर्न नसकेको आरोप लगाए।

माधव नेपालले झुटको खेती गरेरहेको समेत ओलीले बताए। नेता नेपालले एमालेबाट सानो च्वईटो लगेर पार्टी फुटालेको त्यो मंसिर ४ गतेसम्म मात्र भएको बताए। ‘माधवको पार्टी म्याद सकिएको औषधी जस्तो भएको छ।’ अध्यक्ष ओलीले भने, 'नेपालको नक्कली कुरा सुनेर पार्टी छोडेर जानु भएको छ भनेर चुनाव अगाडी पुरानै पार्टीमा आउनुहोस्। मंसिर चार गतेपछि नेपालको पार्टी शून्य हुन्छ।’  

 माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने एमालेलाई सक्न खोज्जे र पार्टीभित्र काम गर्न नदिने आफ्नो घर हिडेंर एमाले झन् राम्रोसँग झाँगिएको बताए। प्रचण्डलाई चुनावपछि एमालेमय हुने भन्दै काँग्रेस बोक्न बाँध बलियो बनाउन समेत सुझाव दिए।

प्रकाशित: २७ कार्तिक २०७९ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App