गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सुदन गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। जेनजी आन्दोलन अभियन्ता गुरुङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका हुन्।
त्यसैगरी नेकपा एमालेका तर्फबाट आरसी लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन्।
सोही क्षेत्रबाट एमाले परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका केदारमणि खनालले राप्रपाको तर्फबाट उम्मेदवारी दिएका छन्।
प्रकाशित: ६ माघ २०८२ १४:३१ मंगलबार





