ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ का वडा सदस्यको निधनपछि पालिकाले शोक बिदा दिँदै मातहतका कार्यालय र विद्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार वडा सदस्य सीतादेवी सार्कीको निधनपछि आइतबार (आज) मातहतका कार्यालय र विद्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको छ। महाशिवरात्रि पर्वका दिन आइतबार सार्वजनिक बिदा नै छ। सार्वजनिक बिदाको दिन भए पनि पालिका मातहतका कार्यालय र विद्यालयहरूमा आधा झण्डा झुकाइ वडा सदस्यको निधनमा शोक मनाइने पालिकाले जनाएको छ।
सार्की २०७९ र २०७४ सालको दुवै स्थानीय तहको निर्वाचनमार्फत नेपाली कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। २०७९ सालको निर्वाचनमा उनी निर्विरोध भएकी थिइन्। २०१६ साल फागुन महिनाको १६ गते जन्मिएकी सीतादेवीको ६६ वर्षको उमेरमा २०८२ साल फागुन १ गते निधन भएको हो।
प्रकाशित: ३ फाल्गुन २०८२ ११:०३ आइतबार





