coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेनः अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन्।  

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।  

शनिबार काठमाडौं चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणाली र १० वटा प्रदेश हुनुपर्ने धाराण अघि सारेको छ।  

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता दिन नसकेको र गणतन्त्रलाई बलियो बनाउन पनि असक्षम भएको बताए। उनले तिब्र रुपले देशलाई आर्थिक क्रान्ति र समृद्धतर्फ लैजान जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिय प्रणालीमा सरकार प्रमुख वा राष्ट्रप्रमुख कार्यकारिणी हुने व्यवस्था हुनु जरुरी रहेको बताए।  

उनले समानुपातिक संसद रहने र संसदले संसदीय कार्य व्यवस्थापिकीय कार्यमा सिमित रहने कुरा लागू हुन जरुरी रहेको बताए। अध्यक्ष यादवले स्वतन्त्र र निष्पक्ष न्यायलय, राजनीतिक हस्तक्षेप र कार्यकर्ताको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त, स्वतन्त्र र सक्षम न्यायालयको व्यवस्था गर्नको लागि वर्तमान संविधान संशोधन गर्नु अपरिहार्य रहेको बताए।  

प्रकाशित: १९ कार्तिक २०७९ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App