२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ईश्वर पोखरेलले सार्वजनिक गरे २८ बुँदे प्रतिबद्धतापत्र

नेकपा (एमाले)का तर्फबाट काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।    

आगामी मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि पोखरेलले यहाँ आयोजित कार्यक्रममार्फत प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा नेतृत्वदायी र समन्वयकारी भूमिका प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।  

'स्थानीय तहको निर्वाचनमा जारी नेकपा ९एमाले०को घोषणापत्र। प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौँ', प्रतिबद्धता पत्रमा भनिएको छ। भौतिक संरचना निर्माण गर्दा भिन्नरुपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचना निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।  

नेकपा (एमाले)ले आगामी निर्वाचनमा प्रदेशसभा (१) मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (२) मा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ।रासस

प्रकाशित: १७ कार्तिक २०७९ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App