१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद् विकास कोषको हिसाब देखाउन चुनौती

नेकपा एमालेका तर्फबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले सांसद कोषबाट प्राप्त यस क्षेत्रको हिसाब किताब देखाउन कांग्रेस नेताहरूलाई चुनौती दिएका छन्। यसअघि यस क्षेत्रबाट कांग्रेसले जित्दा आउने १६ करोड बजेट आफ्ना आसेपासेका लागि खर्च गरेको आरोप उनले लगाए। आफूले भने यस क्षेत्रको भौतिक विकासमा खर्च गरेको उनले बताए। उनले आफूले गरेको खर्चबारे सम्पूर्ण तथ्यांक दिन सक्ने बताए।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा बस्नेतले विगतको पाँच वर्ष भक्तपुरको उपस्थिति सिंहदरबार रहे पनि अब सिंहदरबारको नेतृत्व भक्तपुरले गर्ने बताए। उनले आफूले कांग्रेसका तर्फबाट यस क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित गर्ने उनले ठोकुवा गरे।

उनले गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोपसमेत लगाए। उनले केपी ओेलीको प्रधानमन्त्रीत्वकालमा देशमा अभूतपूर्व विकास भएको तथा भक्तपुरमा विकासको लहर आउनु नै आफ्नो जितको आधार भएको चर्चा गरे।

उनले भक्तपुरमा आएको विकास लहरलाई कांग्रेसले रोक्न खोजेको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि भक्तपुरको विकासमा अवरोध भएको जनाए। उनले भक्तपुरका विभिन्न अस्पताल र कलेजहरूमा कांग्रेसले आफ्ना आसपासेलाई नियुक्त गर्दै कमिसन खेलमा डुबेको आरोप लगाए। उनले आफूले शिक्षा, स्वास्थ्य, सडक र खानेपानी विकासका लागि ल्याएको योजना र बजेटको फेहरिस्त सुनाए। ती बजेट र योजनालाई गठबन्धन सरकारले कटौती गरी विकासमा बाधा पु¥याउने काम गरेको उनले चर्चा गरे।

भक्तपुर २ मा कांग्रेस र नेमकिपाले यसअघि जित हासिल गरेर संसद्को यात्रा तय गरेको अवधिमा भएको विकासभन्दा आफ्नो एक कार्यकालमा भएको विकासको मूल्यांकन गर्नसमेत उनले अनुरोध गरे।

प्रकाशित: १ कार्तिक २०७९ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App