२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

उम्मेदवारी फिर्ता लिन पुगेकी रायमाझीलाई समर्थकले गर्न दिएनन् उम्मेदवारी फिर्ता

ईच्छा होटेलमा प्रहरीसँग कुरा गदै रायमाझी।

स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालय पुगेकी काँग्रेस नेतृ नारायणी रायमाझीलाई समर्थकहरुले उम्मेदवारी फिर्ता गर्नै दिएनन्। 

काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रिय सदस्यमा मनोनित गर्ने आश्वासन पछि बुधबार उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालय पुगेकी रायमाझीलाई समर्थकहरुले निर्वाचन कार्यालयबाट जबरजस्ती लिएर गएका थिए।

बारा क्षेत्र निर्वाचन ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी रायमाझीले जीतपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी फिर्ताको लागि हस्ताक्षर गर्न नदिएपछि उनको उम्मेदवारी कायमै रहने भएको छ।

सभापति देउवाले बिहानैदेखि स्वतन्त्रबाट दिएको उम्मेदवारी फिर्ता लिन रायमाझीसंग आग्रह गरेका थिए। उनका अनुसार देउवाले उनलाई टिकट नदिए पनि  केन्द्रिय सदस्यमा मनोनित गरि दिने फोनबाट आश्वासन दिएका थिए। ‘देउवाजीबाट परिस्थितिबस प्रदेश सभामा टिकट दिन नसकिए पनि  केन्द्रिय सदस्यमा मनोनित गरिने आश्वासन दिनुभयो’, उनले भनिन्, ‘उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यालय पुगेर निवेदनमा हस्ताक्षर गरि रहँदा मेरा समर्थकहरुले उम्मेदवारी फिर्ता दिनु हुँदैन भनी मलाई लिएर जानुभयो।’ उनले भनिन्। 

उनले सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नेकपा एसका नेता किसान श्रेष्ठ र प्रदेशसभामा उम्मेदवार बनेका एकीकृत माओवादीका नेता अनिल श्रेष्ठ भन्दा साे क्षेत्रमा आफ्नो लोकप्रियता बढी रहेको र समर्थकहरुले आफूलाई नै जिताएर देखाउने भन्दै उनले उम्मेदवारी फिर्ता गर्न नदिएको बताइन्। 

निर्वाचन कार्यालयले काँग्रेस नेतृ रायमाझी जबरजस्ती अपहरणमा परेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीले उनकाे खोजतलास सरु गरेेकाे बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोग्टीले जानकारी दिए। प्रहरीले रायमाझीलाई खोज्दै जाँदा उनी 'इच्छा होटल' मा भेटिए पछि पुनः उम्मेदवारी फिर्ता लिन जान उनलाई भनियो। तेस्बखत उनले उम्मेदवारी फिर्ता नलिने बताए पछि प्रहरी फर्केर आएको उपरीक्षक बोग्टीले जानकारी दिए। 

प्रकाशित: २६ आश्विन २०७९ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App