१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

बुधबार क्यानले आफ्नो आधिकारी फेसबुक पेज मार्फत् एक विज्ञप्ति जारी गर्दै लामिछानेमाथिकाे सबै (घरेलु तथा अन्तर्राष्ट्रिय) प्रकारका निलम्बन फुकुवा भएकाे जानकारी गराएकाे हाे।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ।’ क्यानले भनेको छ।

प्रकाशित: २ जेष्ठ २०८१ १९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App