८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री राउतले गराए उम्मेदवारी दर्ता

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा क्षेत्र नम्बर १(२) बाट प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्। उनले नेकपा एमाले जसपा गठबन्धनबाट साझा उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन। उनी ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन्। जसपा–एमाले गठबन्धनबाट साझा उम्मेदवारको रुपमा यादवले वीरगन्ज स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका हुन्। ०७४ को निर्वाचनमा यादव यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

मनोनयन दर्ता गरेपछि यादवले पर्साका चार वटै प्रतिनिधिसभा र आठ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित रहेको दाबी गरे। पर्सामा जसपाको जनाधार बलियो रहेको र एमालेसंगको गठबन्धनले अझ बलियो भएको उनको तर्क छ।  

यस्तै, माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ वाट मनोनयन दर्ता गरेका छन्। उनी सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा महोत्तरी १ वाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका हुन। उनी यस क्षेत्रबाट तीन पटक निर्वाचित भैइसकेका छन्। उनी चौथो पटक निर्वाचन हुन चुनाव लड्दै छन्। उनी नेकपा एमाले जसपा गठबन्धनका साझा उम्मेदवार एमालेका लक्ष्मी महतोसँग प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो निर्वाचनमा लक्ष्मी महतो संघिय समाजवादी फोरमवाट पोखरेलसगं यसै क्षेत्रमा चुनाव लड्दा पराजित भएका थिए।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता शरत सिंह भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी–२ बाट  मनोनयन दर्ता गराएका छन्। उनी यसै क्षेत्रबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यस पटक उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका छन्।

प्रकाशित: २३ आश्विन २०७९ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App