१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम भयोः बाबुराम भट्टराई

फाइल तस्बिर।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै उच्चतम तहमा बस्ने व्यक्तिहरुले नै संविधानलाई मिच्ने गरेको बताएका छन्।

आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप लगाएका हुन्।  

उनले भने, ‘अहिले म कसैको नान यहाँ लिन चाहन्न, उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिचिदिने, जुन काम अहिले भइरहेको छ, कोहीको पनि जिम्मेवारी छैन।’, उनले भने ‘भेटेसम्म यो शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्र डुंगामा प्वाल पार्दिने जुन एउटा प्रवृत्ति देखिएको छ, त्यसलाई रोक्नको निम्ति पनि हामीले लोकतन्त्रको सदृढिकरणको विषय महत्वपूर्ण छ।’  

उनले संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि  उन्नत प्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको बताए। ‘उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी छ’ उनले प्रश्न गरे, अमेरिका लगायतका मुलुकका थोत्रा प्रकारको लोकतन्त्र ल्याएर बसिरहने ?लोकतन्त्रको सुुदृढिकरण, सबलीकरण र यसको उन्नत तहको विकासको विषयलाई अलि विशेष ध्यान दिनुपर्छ।’

अध्यक्ष भट्टराईले ज्ञान विज्ञानलाई विकसित गर्ने संस्थालाई बेवास्ता गरेर देशले प्रगति गर्न नसक्ने जिकिर गरे। उनले छिपछिपे र टिपटिपे गफ दिने नेता, आफ्नो एकांकी विज्ञता र प्रशासनिक र नीति निर्माणका ठेक्का लिने कर्मचारीतन्त्र, ३ वर्षमा ३ सय दिन ताला लगाएर तलवभत्ता खाइरहने विश्वविद्यालयका अगुवाहरु, नियुक्तिको खोजीमा दल र नेताका ढोका चार्ने बुद्धिजीवि रहेसम्म देशमा ज्ञान उत्पादनको खडेरी हुने दाबी गरे।

प्रकाशित: ९ आश्विन २०७९ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App