१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनले देशको अन्यौल हटाउँछः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मंसिर ४ गते भइरहेको निर्वाचनले देशको धेरै क्षेत्रको अन्यौल हटाउने बताएका छन्।  

गृह जिल्ला रौतहटको गरुडा नगरपालिका १ जयनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले पहिलेको भन्दा फरक परिस्थितिमा चुनाव हुन गइरहेको बताएका छन्।  

देश चुनाव उन्मुख भइसकेको र सबै दल चुनावको तयारीमा जुटिसकेको बताउँदै नेता नेपालले चुनावपछि धेरै दलको हैसियत थाहा हुने स्पष्ट पारेका छन्। लोकतन्त्रमा आवधिक निर्वाचन एउटा प्रक्रिया मात्र नभएर जनताको विश्वास आर्जन गर्ने आधारसमेत भएकोले सबैले सबै किसिमले चुनावलाई सफल बनाउन विशेष भूमिका खेल्नुपर्ने बताएका छन्।

नेता नेपालले चुनावलाई सफल बनाउन र गठबन्धनलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

नेकपा एसको गरुडा नगर समिति अध्यक्ष श्यामनन्दन सहनीको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ सुशीला जयसवाल नेकपा एसमा प्रवेश गरेकी छन्।

प्रकाशित: ४ आश्विन २०७९ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App