१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

फाइल तस्बिर।

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने नेता खनालको तर्क थियो। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे। अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै  उनले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताए। 

आगामी निर्वाचनमा पनि एकल बहुमत ल्याउन व्यवहारिक कठिनाई भएकाले दलहरु कुनै न कुनै रुपमा गठबन्धन गरिरहेको पनि उनले स्मरण गराए। खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरुबीच गठबन्धन भएरै करिब दुई तिहाईको जनमत आएको बताए।

नेता खनालले देशको अग्रगति र प्रगतिलाई केन्द्र भागमा राखेर गठबन्धन गरेर जान सबै राजनीतिक दलहरु स्वतन्त्र रहेको पनि पटकपटक दोहोर्‍याए। उनले केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झौता गरेर महत्वपूर्ण काम गरेको चर्चा समेत गरे।

प्रकाशित: १ आश्विन २०७९ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App