८ वैशाख २०८१ शनिबार
राजनीति

अदालतले कानुनको कार्यान्वयन गरे-नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको हो: सभामुख सापकोटा

फाइल तस्बिर।

सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले कानुनको कार्यान्वयन गरे/नगरेको निगरानी गर्ने दायित्व सांसदहरुको भएको बताएका छन्।

शनिबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रकाशन गरेको ‘प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको पाँच वर्ष’ विषयक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले सांसदहरुको जिम्मेवारी गुणस्तरीय कानुन निर्माण गरेको बताए। उनले सांसदहरुले निर्माण गरेका कानुनको सर्वोच्च अदालतले ठिकसँग कार्यान्वयन गरे/नगरेको सम्बन्धमा निगरानी गर्ने दायित्व पनि सांसदहरुकै भएको बताए। उनले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको कामको महत्वपूर्ण भुमिका हुने पनि उल्लेख गरे। सभामुख सापकोटाले नीति निर्माण सँगसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए।  

सभामुख सापकोटाले सार्वजनिक खरिद ऐनमा छिद्र खोजेर कन्ट्रयाक्टरहरुले राम्रोसँग विकास निर्माणको काम नगरेको अवस्थामा काम गराउनका लागि विकास तथा प्रविधि समितिले भुमिका खेलेको भन्दै समितिको कामको प्रशंसा समेत गरे।

प्रकाशित: १ आश्विन २०७९ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App