१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन्।

मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छु' उनले भने।

मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय गन्तव्यको विविधीकरण गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, शिक्षा तथा संस्कृति पर्यटनलाई पनि विशेष प्राथमिकता दिएर पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरे। पर्यटन क्षेत्रको विकासका लागि ‘रि ब्राण्डिङ’ गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले पर्यटन क्षेत्रले लिएको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वय गरी पर्यटन पुनरुत्थानको कार्यलाई अगाडि बढाउनुपर्ने बताए। 'पर्यटन देश विकासको महत्वपूर्ण आधार क्षेत्र हो, अर्थतन्त्र र रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गर्ने यो क्षेत्रलाई प्राथमिकता दिनसके देश समृद्धिको यात्रामा अगाडि बढ्छु[' उनले भने।

उनले मन्त्रालयको आयोजना भएको यस्तो बैठकले संविधानको भावनाअनुरुप सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुग्ने बताए। देशको पर्यटन क्षेत्रको विकासका लागि सबै एकताबद्ध भएर जानुपर्ने उनको भनाइ थियो।

प्रकाशित: ११ भाद्र २०७९ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App