सवारी दुर्घटना न्यूनीकरण तथा यात्रालाई सुरक्षित बनाउन कपिलवस्तुमा लागु औषध चेकिङ अभियान सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक कार्यालय इलाका प्रहरी कार्यालय पिपराले सञ्चालन गरेको अभियानमा दिउसो १२ देखि २ बजे सम्म पूर्व पश्चिम राजमार्गमा चलाइएको ५० वटा गाडी चालकको सामान्य स्वास्थ्य परीक्षण गरिएको हो। पिपरा अस्पतालको प्राविधिक सहयोग चालकको स्वास्थ्य परीक्षणका क्रममा ७ जना चालकले दिउसै मादक पदार्थ सेवन गरेको देखिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।
यात्रा थप मर्यादित र भरपर्दो बनाउन चलाइएको अभियानमा दिउसै ७ जना चालकले मादक पदार्थ सेवन गरेको भेटिए पछि उनीहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको उनले बताए। पक्राउ परेको सात बिङगर चालक हुन।
बा ४ प ६६८२ नम्बरको चालक अर्घाखाँची नगरपालिका २ का समीर रायमाझी, लु १ ज ३२९० नम्बरका बाणगंगा नगरपालिका– १ बलबहादुर ठकुरी, लु १ ज २९०७ का बाणगंगा २ का विकास परियार, लु १ ज २९७२ का बाणगंगा ९ का प्रेम थारु पक्राउ परेका छन्।
यस्तै लु १ ज ३००७ का बाणगंगा २ का रोशन थारु, लु १ ज २९६४ का सैन मैना नगरपालिका– ६ का रनित परियार लु १ ज ३६६७ का बाणगंगा ७ का विमल पौडेल पक्राउ परेका हुन। पक्राउ परेका ७ जना चालकलाई लागु औषध सेवन मुद्दामा ५ दिन अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको सिंहले बताए।
प्रकाशित: १३ माघ २०८२ १३:४० मंगलबार





