२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद: विश्वप्रकाश शर्मा

फाइल तस्बिर।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन्।

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए। उनले फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए। महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए।  

उनले भने, ‘शासनहरु बदलिन्छन्। राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ। यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ। दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ। स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा। कहीँ दलहरु जिम्मेवारीमा। तिन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो।’ शर्माले भने, ‘मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, बिहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन/तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ।’

‘एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहेँ स्थानीय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ।’, उनले भने।

प्रकाशित: ३ भाद्र २०७९ ११:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App