२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

निधि भारतीय नेतासँग भेटघाटमा सक्रिय

फाइल तस्बिर

 भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि केहीदिन देखि त्यहाँका नेताहरूसँग राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन्। केही दिनदेखि नयाँ दिल्लीमा रहेका निधिले आइतबार महाराष्टका पूर्वमुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेट गरेका हुन्।

 नयाँदिल्लीस्थित पवार निवासमा भएको १ घण्टा लामो भेटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका ष्षियमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ। निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल भारत सम्बन्ध र विकासलगायतका विषयमा कुराकानी भएको थियो। तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री भइसकेका पवार कृषि र सहकारीका ख्याती प्राप्त अभियन्ता हुन्। आधुनिक कृषिमा महाराष्ट्रको मोडल उदाहरण मानिन्छ।

निधिसँगको भेटमा पवारले नेपालमा कृषिका विद्यार्थीलाई उनको गृहनगर बारामतीमा कृषि र सहकारीको अध्ययनका लागि निम्तो दिएका छन्। निम्तोका लागि धन्यवाद दिदैं निधिले निकट भबिश्यमा नेपाली विद्यार्थीलाई अध्ययन भ्रमण गराउने बताएका छन्। यसैबीच, नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरीबीच नयाँ दिल्लीमा भेटघाट भएको छ।

 नयाँदिल्लीस्थित मन्त्री चौधरीको निवासमा भएको भेटमा नेपाल भारत सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ। त्यहाँ रहँदा निधिले सत्ता पक्ष र प्रतिपक्षकाविभिन्न तहका नेताहरूसँग भेटघाट गरिसकेका छन्।

प्रकाशित: २३ श्रावण २०७९ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App