coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै

फाइल तस्बिर

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। उनी दुई दिने भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्। 

लू आज साँझ काठमाडौं ओर्लिने छन्। काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने कार्यक्रम छ।  

कूटनीतिक श्रोतका अनुसार लुको यस भ्रमणका क्रममा राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने कुनै पूर्व तालिका नरहेको बताइएको छ। तर उनको औपचारिक कार्यक्रमहरुबारे भने जानकारी गराइएको छैन्।  

लु आज साँझ काठमाडौँ आइपुग्ने छन् भने शुक्रबार साँझ स्वदेश फर्कने छन्।

प्रकाशित: १२ श्रावण २०७९ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App