१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

साइरनरुपी उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

उनले अहिले राष्ट्रमा काठमाडौँ र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताए। सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परेपनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए।

उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए। सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए।

सभामुख सापकोटाले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं। जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै। खरानीसमेत नेपालमा आयात हुन्छ। यो सुनेर आफैं अचम्मित छु। २ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं। यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ। युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ। अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौं, धरान लगायतका ठाउँहरुमा। यो संकेत मात्रै हो, साइरन हो यो। साइरनको भाषा हामीले बुझ्नुपर्छ।’

सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको बताए। उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र। सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए। उनले नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।

सभामुख सापकोटाले जलवायु परिवर्तनका असर र प्रभावहरु एकपछि अर्को गरेर गम्भीर रुपमा देखापरिरहेको उल्लेख गर्दै यसलार्य समाधान गर्ने दिशमा अघि बढ्न आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तन्का अकल्पनीय घटना भइरहेको बताए।

सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताए। उनले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यक्ता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताए।

प्रकाशित: ९ श्रावण २०७९ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App