४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रतिनिधिसभा कार्यकाल निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका छन्।

सोमबार सिंहदरबारमा पत्रकारहरुसँग भेटघाट गर्दै सभामुख सापकोटाले वर्तमान प्रतिनिधि सभाको कार्यकाल आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताएका हुन्।

उनले आइतबार प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको भन्दै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने रहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निष्कर्ष अनुसार गर्ने भनिएको सभामुख सापकोटाले जानकारी दिए। सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरुसँग छलफल गर्नु आवश्यक रहेको पनि बताए।

प्रकाशित: २ श्रावण २०७९ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App