१५ चैत्र २०८० बिहीबार
राजनीति

संसद बैठक आज बस्दै,यस्तो छ कार्यसूची

फाइल तस्बिर

आज संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत् गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  

त्यस्तै गृहमन्त्री वालकृष्ण खाँडले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत् गर्ने कार्यसूची रहेको  छ।  

प्रकाशित: २९ असार २०७९ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App