६ वैशाख २०८१ बिहीबार
राजनीति

रवि लामिछाने र पुकार बमबीच आगामी निर्वाचन बारे छलफल

कलाकार निर्मल शर्माको समन्वयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्वल थापासँगै विवेकशील नेपाली दल स्थापना गर्ने संस्थापक नेता पुकार बमबीच आज भेटवार्ता भएको छ।

पुकार बमका अनुसार उनीहरूबीच विवेकशील अभियान, युवाहरूको स्वतन्त्र उम्मेदवारी अभियान र रवि लामिछानेले सुरु गरेको नयाँ पार्टीको बारेमा गहन छलफल भएको थियो।

काठमाडौँ क्षेत्र नं १ मा बमको उम्मेदवारी लगायत आगामी निर्वाचनको बारेमा समेत प्रारम्भिक छलफल भएको बुझिएको छ। बमले काठमाडौँ १ बाट केही दिन अघि उम्मेदवारी घोषणा गरेका थिए।

बम विवेकशील नेपाली दलका संस्थापक नेता हुन्। साथै उनी इनफ इज इनफ अभियानका अभियन्ता पनि हुन्। उनले सरकारलाई कोरोनाको बेलामा जवाफदेही बन्न माग राख्दै साथी ईःसँग मिलेर १२ दिन सत्याग्रह गरेका थिए।

उनी २०७२ सालको भूकम्पको बेला गरेको काम र कोरोनाको बेलामा ५ सय दिनभन्दा बढी खाना खुवाउने र अक्सिजन बैंक सञ्चालन गरेर नागरिकलाई राहत दिने काम गरेकैले युवाहरू र आम नागरिक माझ परिचित छन्। दुई नेताबीच छलफल सकारात्मक भएको र सहकार्य गर्दै अघि बढ्नेबारे छलफल भएको बुझिएको छ।

प्रकाशित: ११ असार २०७९ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App