६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्रकर्मीका लागि ११ विधामा तालिमको व्यवस्था

नेपाली चलचित्रका कलाकारदेखि इडिटर, क्यामराम्यान, तथा मेकअप आर्टिस्टका लागि चलचित्र विकास बोर्डले कुल ११ विधामा तालिम दिने भएको छ ।  

शुक्रबार चलचित्र विकास बोर्डमा भएको ‘चलचित्र क्षेत्रको अगामी कार्यदिशा अन्तरक्रिया कार्यक्रम’ को क्रममा यो घोषणा स्वयं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरेका हुन्। 

उक्त तालिम अन्तर्गत ‘साउन्ड मिक्सिङ’, ‘साउन्ड तालिम’, ‘फोटो तथा भिडियो प्रशिक्षण तालिम’, ड्रोन प्रशिक्षण’, ‘मेकअप प्रशिक्षण तालिम’, ‘एआई सम्मेलन तथा एआई एनिमेसन तालिम’, ‘घोडा चढी तालिम’, ‘प्रकृति अधिकार तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यशाला तथा तालिम’, ‘लेखन प्रशिक्षण कार्यशाला’, ‘ कलर कलेक्सन प्रशिक्षण कार्यशाला’, र ‘सिनेमेट्रोग्राफी कार्यशाला’ रहेका छन् ।  

उक्त तालिम कम्तीमा पाँच वर्षदेखि चलचित्रमा निरन्तर कार्य गर्ने व्यक्तिmलाई दिइने छ। उक्त तालिम पुस ३० गते देखी सुचारु हुने भएको छ।  

चलचित्र विकास बोर्ड अध्यक्षले भने, ‘उक्त तालिम चलचित्र क्षेत्रलाई अझ गुणस्तरीय बनाउनका लागि योजना गरिएको हो र अगामी यस्ता खालमा तालिम अझ ल्याउने छौँ’।

प्रकाशित: २५ पुस २०८२ १७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App