१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीको छलफल, प्रगति विवरण माग

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग जानकारी लिएकी छन् । उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ।  

बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो।  

आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति थियो।

प्रकाशित: २५ पुस २०८२ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App