१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वडाध्यक्षका ११९ उम्मेदवारको मत शून्य

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका ११९ जनाले आफैंलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्यांकअनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी दिएका राजनीतिक दल र स्वतन्त्र गरी ११९ जनाले आफैंलाई भोट नहालेका हुन्।

निर्वाचन कार्यालयको तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवार मात्र होइन, प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका उम्मेदवारले पनि आफैंलाई भोट दिएनन्। नेपाली कांग्रेसबाट कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ मा वडाध्यक्षका उम्मेदवार अवप्लाल धमलाले शून्य भोट पाए भने हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा वडाध्यक्षका उम्मेदवार बनेका नेकपा एमालेका उज्वला जेठाराले पनि आफैंलाई भोट हालेनन्।

माओवादी केन्द्रबाट सल्यानको त्रिवेणी गाउँपालिका–२ मा अध्यक्षका उम्मेदवार सुकलाल बस्नेत, कालिकोटको शुभकालिका गाउँपालिका–७ मा अध्यक्षका उम्मेदवार दलवीरे कामी र दैलेखको नारायण नगरपालिका–४ मा अध्यक्षका उम्मेदवार जगतबहादुर विश्वकर्माले पनि एउटै भोट पाएनन्।

वडाध्यक्षमा उम्मेदवारी दिएर आफैंलाई भोट नहाल्ने राजनीतिक दलमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार धेरै छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एकीकृत समाजवादीबाट हुम्लाको नाम्खा गाउँपालिका–१ मा वडाध्यक्षका उम्मेदवार पेमादोर्जी तामाङ, खार्पुनाथ गाउँपालिका–२ मा अध्यक्षका उम्मेदवार कर रावल, डोल्पाको ठुलीभेरी नगरपालिका–५ मा अध्यक्षका उम्मेदवार चन्द्रे रोकाय, मुगुको मुगुम कार्मारोङ गाउँपालिका–१ मा अध्यक्षका उम्मेदवार गोटुक तामाङको मत शून्य छ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–५ का ललिजन बम, कालिकोटको रास्कोट नगरपालिका–१ का हिक्मत न्यौपाने, रास्कोट नगरपालिका–२ का माधव उपाध्याय, रास्कोट नगरपालिका–४ का कृपाराम उपाध्याय, रास्कोट नगरपालिका–५ का सनेश शाही, महावै गाउँपालिका–६ का रणबहादुर शाही, पलाता गाउँपालिका–४ का नवराज सिंह, नरहरिनाथ गाउँपालिका–९ का दलबहादुर सहकारी, तिलागुफा नगरपालिका–१ का कलमबहादुर शाही, तिलागुफा नगरपालिका–६ का हरिबहादुर शाही र तिलागुफा नगरपालिका–७ का विष्णुबहादुर शाहीले पनि आफैंलाई मत दिएनन्।

निर्वाचन आयोगका अनुसार जाजरकोटको भेरी नगरपालिका–११ का उम्मेदवार पुरुषोत्तम भट्टराई, भेरी नगरपालिका–१२ का उम्मेदवार डम्बरबहादुर सिंह, बारेकोट गाउँपालिका–३ का उम्मेदवार भक्तबहादुर शाही, बारेकोट गाउँपालिका–४ का उम्मेदवार लोकेन्द्रबहादुर सिंह, छेडागाड नगरपालिका–१३ का उम्मेदवार डम्बरसिंह ठकुरी, दैलेखको भैरवी गाउँपालिका–४ का उम्मेदवार आशिककुमार थापा, नारायण नगरपालिका–४ का उम्मेदवार नन्दराम विश्वकर्मा, आठबीस नगरपालिका–५ का उम्मेदवार गनराज जैसी, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ का उम्मेदवार चन्द्रबहादुर विकको पनि शून्य मत छ।

यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भुपाल सार्की, बराहताल गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार बालाराम बस्नेत र लेकबेंसी नगरपालिका–७ का वडाध्यक्षका उम्मेदवार यामप्रकाश मगरले पनि एउटै भोट पाएनन्।

यस्तै डोल्पाको ठुलीभेरी नगरपालिका–९ बाट राप्रपाका वडाध्यक्षका उम्मेदवार लालबहादुर कठायत, तिलागुफा नगरपालिका–९ बाट वडाध्यक्षका उम्मेदवार हरिपाले राना, खाडाचक्र नगरपालिका–६ का सन्तोष कामी, बारेकोट गाउँपालिका–४ का दानबहादुर सिंह, नौमुले गाउँपालिका–४ का भीमबहादुर मगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–५ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दलबहादुर सिंहले पनि आफैंलाई भोट हालेनन्।

राप्रपा नेपालबाट कालिकोटको महावै गाउँपालिका–६ को वडाध्यक्षमा उम्मेदवारी दिएका नैनबहादुर भण्डारी र सुर्खेतको चौकुने गाउँपालिका–१ मा अध्यक्षको उम्मेदवारी दिएका वीरबहादुर साउदले पनि सून्य मत पाए। निर्वाचन आयोगको तथ्यांकमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ७८ जनाले पनि एउटै मत पाएका छैनन्।

प्रकाशित: २५ जेष्ठ २०७९ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App