२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

चिनी मिल सञ्चालन भए मेरो घर सरकारको नाममा पास गरिदिन्छु: सांसद श्रीवास्तव

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का सांसद बिमलप्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए। उनले आगामी आर्थिक वर्ष भित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरे।

उनले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गरे। उनले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरुको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताए।

प्रकाशित: १८ जेष्ठ २०७९ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App