१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विदुरको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

विदुर नगरपालिकामा निर्वाचित मेयर राजनलाल श्रेष्ठ र उपमेयर प्रभा बोगटी।

नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजनलाल श्रेष्ठ विजयी भएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना शुक्रबार साझ सकिएको हो। अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १५ हजार ८ सय २६ मत प्राप्त गरी विदुर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।  श्रेष्ठको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का सञ्जु पण्डितले १२ हजार १ सय ५४ मत प्राप्त गरेका छन्। पण्डितले गएको ५ वर्ष नगरको मेयरको जिम्मेवारी सम्हालेका थिए।  

यस्तै उपमेयरमा नेकपा (माओवादी केन्द्र) की प्रभा बोगटी विजयी भएकी छिन्। अन्तिम परिणाम अनुसार बोगटीले १२ हजार ८ सय ६० मत  प्राप्त गरी उपमेयरमा विजयी भएकी हुन्। उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) की अम्बिका पौडेल नेपालले ११ हजार ९ सय ९५ मत प्राप्त गरेकी छिन्।

नुवाकोटको विदुर नगरपालिकामा वडा तहदेखि नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच गठबन्धन भएको थियो।  

यस्तै विदुर नगरपालिकाको १३ वटा वडा मध्ये ५ वटा वडामा नेकपा (एमाले), ५ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।  नेकपा (एमाले) बाट वडा नम्बर १ लेलिन रञ्जित, वडा नम्बर २ मा दिपक कायस्थ, वडा नम्बर ४ मा निलमबाबु ढुङ्गेल, वडा नम्बर ६ मा श्याम कृष्ण चालिसे र वडा नम्बर ११ मा बाबुराम लामा विजयी भएका हुन्।

त्यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर ३ मा बद्री रिमाल, वडा नम्बर ७ मा रविन्द्र नेपाल, वडा नम्बर ८ मा कमल श्रेष्ठ, वडा नम्बर १० मा गणेसकुमार नेपाल र वडा नम्बर १३ मा भरत तामाङ विजयी भएका हुन्। वडा नम्बर ५ मा लिलानाथ न्यौपाने, वडा नम्बर ९ मा हरिराम भण्डारी र वडा नम्बर १२ मा उपेन्द्र खड्का भने नेकपा (माओवादी केन्द्र) बाट विजयी भएका हुन्।  

जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिका सहित ११ वटाको मत गणना आइसकेको छ। यो समाचार तयार पार्दा सम्म वेलकोटगढी नगरपालिकाको मतगणना जारी रहेको छ। वेलकोटगढीमा पनि मेयर र उपमेयर दुबैमा गठबन्धनका उम्मेदवारहरु अग्र स्थानमा रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App