८ वैशाख २०८१ शनिबार
राजनीति

विजयी घोषणा भएका वडा सदस्य हारेपछि...

आइतबार अपरान्ह साझ ४ बजे एमालेका गुलरिया नेकपा एमालेबाट नगरपालिका ४ का वडा सदस्य खुला सदस्यमा अजमेयर अलि नाउँ निर्वाचित भएको घोषणा भयो।

सोमबार बिहान पुनः नाम सच्चाइएको भन्दै नेपाली कांग्रेसका ईस्राईल नाउँलाई  विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्‍यो। निर्वाचन अधिकृतको कार्यालयले पराजय भएको अजमेयरलाई पुनः घोषणा गरेपछि विवाद बढेको छ।

निर्वाचित घोषित अजमेर ४ मतले पराजित भएको घोषणा पछि एमालेका समर्थक आक्रोशित भएका छन्। एमालेका नगर प्रमुखका उमेदवार अमर खड्काले तीन घण्टा मतगणना स्थगित गराए। आक्रोषित एमालेका नेता तथा कार्यकर्ताका कारण मुख्य निर्वाचन अधिकृत कार्यालयले तीन घण्टा तनाव ग्रस्त बन्यो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै मतगणना कार्य केहीबेर रोकेको नगर प्रमुखका उमेदवार अमर खड्काले बताए। यति बेला वडा नम्बर ८ को मतपेटिका खोलिएकाले मतगणना जारी छ। गुलरिया नगरपालिका ४ नम्बरको पुनः मतगणना गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App