२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन–जी आन्दोलन अपहरणमा परेको हो: महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले जेन–जी आन्दोलनका अगुवाहरू आन्दोलन कसरी अपहरणमा पर्यो, उठाइएका मुद्दा कहाँ हराए र राष्ट्रिय स्वतन्त्र पार्टीले किन आन्दोलनको जस लियो भन्ने विषयमा गम्भीर रहेको बताएका छन्। 

भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका बस्नेतले भक्तपुरमा मतदातासगँको छलफलमा शनिबार जेन जी आन्दोलनले केवल तीनवटा मूल मुद्दा उठाएको बताए । ‘पहिलो मुद्धा देशलाई भ्रष्टाचारमुक्त  बनाउने, दोस्रो नातावाद र कृपावाद अन्त्य गर्दै सुशासन कायम गर्ने र तेस्रो सामाजिक सञ्जालमार्फत जनताका माग स्थापित  हुनुपर्छ भन्ने कुरा जेन–जी आन्दोलनको मूल एजेन्डा थियो ’ बस्नेतले भने। 

जेन–जी आन्दोलनले नसोचेको राजनीतिक परिघटना सिर्जना गरेको समेत बताएका छन् । उनले भने ‘मिसन ८४ भन्दै बसेका राजनीतिक दलहरू चुनावी तयारीमा जुट्न बाध्य भएका छन्। त्यसैले एमाले पनि  निर्वाचनका लागि  तयार छ ।’  

प्रकाशित: १७ माघ २०८२ १५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App