१६ चैत्र २०८० शुक्रबार
राजनीति

रोल्पामा मतगणना सुरु

रोल्पाका ८ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ। अधिकांश पालिकामा राति देखि मतगणना सुरु गरिएको थियो भने केहिमा बिहानै देखि सुरु भएको हो।

यसै बिच रोल्पा नगरपालिका वडा न. १ मा माओवादीका खुमबहादुर थापा विजयी भएका छन्। सुनिल स्मृति गाउँपालिकामा वडा न. १ मा माओवादीका गोबर्धन कवर बिजयी भएका छन् भने थवाङ गाउँपालिका वडा न. ५ मा माओवादी कै गोबर्धन घर्तीमगर बिजयी भएका छन् तर औपचारिक घोषणा हुन भने बाँकी छ ।

जिल्लाको सुनछहरी गाउँपालिकामा मतपेटिका आईनसकेका कारण मतगणना सुरु भएको छैन भने रुन्टीगढी गाउँपालिकामा सामान्य बिबादका कारण ढिलाई भएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए । यहाँ पनि केहि बेरमै गणना सुरु हुनेछ।  

अहिले रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिका, परिबर्तन गाउँपालिकामा सुरु नतिजा अनुसार माओवादीको अग्रता छ भने गंगादेव गाउँपालिकाको सुरु नतिजा अनुसार कांग्रेसको अग्रता रहेको छ ।

प्रकाशित: ३१ वैशाख २०७९ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App