१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्सामा ७० प्रतिशत मत खस्योः केही ठाउँमा विवाद

पर्सा जिल्लामा करिब ७० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगन्जले पर्सामा ७० प्रतिशत मत खसेको आँकलन गरिएको जानकारी दिएको छ।

साँझ ५ बजेसम्म अधिकांश ठाउँमा मतदान सकिएर केही ठाउँमा थप केही बेरसम्म मतदान चलेको थियो। औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले  जानकारी दिए। तोकिको समयभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई पाँच बजेपछि पनि मतदान गर्न दिन निर्वाचन आयोगको निर्देशन रहेको उनले बताए।

जिल्लामा रहेका १ सय ६७ मतदानस्थलमा केही ठाउँ बाहेक शान्तिपुर्ण मतदान भएको प्रहरीले जनाएको छ। प्रायः मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यहाँ एक वीरगन्ज महानगरपालिका, ३ नगरपािलका र १० गाउँपालिका गरी १४ वटा पालिकाका लागि निर्धारित मतदान केन्द्रहरुमा मतदान भइरहेको छ। १ लाख ९१ हजार ५३७ पुरुष, १ लाख ४८ हजार २८३ महिला र १६ जना अन्य गरी १४ वटै स्थानीय तहमा पर्सामा तीन लाख ३९ हजार ८ सय ३६ मतदाता छ।

केही ठाउँमा बिवाद र झडप

बिहानदेखि पर्सामा शातिपुर्ण मतदान सुरु भएकोमा दिउँसो केही ठाउँमा झडक र बिवाद भएको थियो । सबभन्दा पहिले पर्साको वीरगन्ज महानगरपािलका –२८ बगहीको मतदानस्थलमा केही बेर बिवादको अवस्था भने सिर्जजना भएको थियो। केही बेर असहज अवस्था भएपनि त्यहाँ मतदान नरोकिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।  

बगहीमा मतदान सुरु भएको ३ घण्टापछि लाइनको विषयमा महानन्दप्रसाद उपाध्याय उच्चमाबिमा रहेको मतदानस्थलमा दुई पक्षका कार्यकर्ताबीच बिवाद भएको थियो। र, मतदानस्थलमा तनावग्रस्त बनेको थियो। प्रहरीले दुई पक्षलाई अलग गर्न सफल भएपछि बिवाद झडपमा रुपमान्तरण हुनबाट रोकिएको थियो।  

दिउँसो छिपहरमाई गाउँपलिकाको वाड नम्बर १ मिर्जापुर मतदानस्थलमा झडप भएको थियो । स्थानीयहरुका अनुसार त्यहाँ अवस्थालाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड हवाई फायर गर्नु परेको थियो। ‘केही बेर अवस्था तनावग्रस्त भएको थियो, स्थिती नियन्त्रणमा ल्याउन प्रहरीले केही रसाउण्ड हवाई फायर गर्नु परेको थियो,’ पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले भने, ‘केही बेरमा स्थिती नियन्त्रणमा आइसकेपछि मतदान पुनः सुचारु भयो।’

घट्नामा ३ जनालाई चोटपटक समेत लागेको स्थानीयले बताएका छन्। नेकपा एमालेका गाउँपालिका प्रमुखको उम्मेदवार मनोज गुप्ता र नेपाली काँग्रेसका उम्मेदवार नविन सिंहका समर्थकहरुविच बिवाद सुरु भएर झडपको अवस्था बनेको स्थानीय अशोक कुशवाहाले बताए। त्यसैगरी छिपहरमाई गाउँपलिकाकै वार्ड नम्बर २ चेरगहाँ मतदानस्थलमा दिउँसो नेपामा एमालेका उम्मेदवार गुप्ता र जसपाका कार्यकर्ताहरुबीच बिवाद भइ अवस्ता तनावपुर्ण भएको थियो।

त्यहाँ रातिदेखि नै तनावको अवस्था रहेको थियो। मतदान सुरु हुनु अगाडि रातिको अध्यारोमैं, बिहान डेढ बजे जसपाका २ नम्बर वार्डका सदस्य उम्मेदवार धुरन्दर साह कानु र एमालेका उम्मेदवार गुप्ताविच हात हालाहाल भएर कानुलाई चोटपटक लागेको र नाक फुटेको स्थानीयले बताए । सो दुबै पक्षबीच दिउँसो मतदानस्थलमा पनि बिवाद भयो।

प्रकाशित: ३० वैशाख २०७९ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App