coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीबाट पोखरा महानगर प्रमुखमा धनराज आचार्य

नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको नाम सिफारिश गरेको हो। उक्त दलले पोखरा महानगरपालिकको प्रमुखमा धनराज आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै हेटौँडा उपमहानगर पालिकाको प्रमुखमा मीना लामा, काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिकाको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवल उपमहानगरपालिकको उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको समाजवादीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।

समाजवादीले पाँच दलीय गठबन्धनभित्रका दलबीच तालमेलका लागि सहमति भएका स्थानमा सहमतिअनुसार उम्मेदवारी दिने र तालमेल नभएको सबै स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ। स्थानीय तह निर्वाचन, २०७९ का लागि प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि आज अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ।

प्रकाशित: १२ वैशाख २०७९ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App