१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज दिउँसाे १ बजे प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन्।

आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App