७ वैशाख २०८१ शुक्रबार

सांसद डा.शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन्।

उपनिर्वाचन: सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

सांसदहरुको ओज र गरिमा खस्किएको छ : चालिसे

प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले संसद् र पार्टीभित्र गुट–उपगुटमा मनमुटान, सत्ता र प्रतिपक्षबीच घोचपेच र जुहारी जस्ता प्रवृत्तिले सांसदहरुको ओज र गरिमा खस्किएको बताएका छन्।

सभामुख घिमिरेको स्वीकारोक्तिः कानून निर्माणमा संसदको हिउँदे अधिवेशन प्रभावकारी भएन

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन्।

इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।

निलम्बन फुकुवा गर्न सांसद गुरुङद्वारा निवेदन

प्रतिनिधिसभाका निलम्बित कांग्रेस सांसद टेकबहादुर गुरुङले सर्वोच्चको निलम्बन फुकुवासम्बन्धी आदेश लिई त्यसलाई कार्यान्वयन गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन्।

संसदमा जुहारी : विधेयक पास नगरी अधिवेशन सकिने संकेत

प्रतिनिधिसभा बैठक बुधबार कार्यसूचीमा प्रवेश नगरी तीन दिनपछि बस्ने गरी स्थगित भएको छ।

कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ।

सहकारी प्रकरणमा संसद्मै घम्साघम्सीको सम्भावना

नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकमा सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन नभए सदन अवरुद्ध गर्ने यसअघिको बैठकमै चेतावनी दिइसकेको छ।

संघीय निजामती विधेयकमा करिब १५० संशोधन प्रस्ताव (यस्ता छन् विधेयकमा मुख्य विषय)

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि करिब डेढ सय संशोधन प्रस्ताव दर्ता भएका छन्।

‘मिसन–८४’ अघि प्रतिष्ठाको खोजी

गत वैशाखमा तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा पुराना दललाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार निर्वाचित भएका थिए। यसकारण आगामी वैशाखमा हुने उपनिर्वाचनलाई पुराना र नयाँ दल रास्वपाले थप प्रतिष्ठाको विषय बनाएका हुन्। बझाङभन्दा बढी प्रतिष्ठाको लडाइँ इलाममा छ। इ

उपनिर्वाचन: इलाम- २ मा २० जनाको मनोनयन दर्ता

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

घरघरमा राजनीति छ, उत्पादन कर्ममा को लाग्ने? : यादव

प्रतिनिधिसभा सदस्य नागिना यादवले नेताहरूले चाहेमा देश बन्ने तर देश बन्नका लागि सबै प्रदेश बन्नुपर्ने बताएकी छन्।

अर्थतन्त्र सन्तोषजनक नहुँदासम्म वैदेशिक राेजगारी राेक्नु हुन्न : गुप्ता

प्रतिनिधिसभा सदस्य मङ्गलप्रसाद गुप्ताले देशको अर्थतन्त्र बलियो नहुँदासम्म वैदेशिक रोजगारी प्रक्रिया रोक्न नमिल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्