२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

आजै एमसीसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

 सत्तारुढ गठबन्धनले एमसीसी सम्झौंतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संसदमा टेबल भएको एमसीसी सम्झौंतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो। 

सो सम्झौंताको सम्बन्धमा उठेका शंकाहरुको निवारण गर्दै पारित गर्न लागिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए। उनले एमसीसी सम्झौंता इन्डोप्यासिफिक रणनीतिको अंग होईन, सम्झौतामा नेपालको संविधान नै सर्वोपरी हुने तथा विशुद्ध आर्थिक परियोजना मात्रै भएको कुराहरुलाई समेत संलग्न गराई आइतबारकै संसद बैठकबाट पारित हुने बताए। 

उनले भने, ‘अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्टलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न हामी सबै सहमत हुने निर्णय भयो। हाम्रो गठबन्धनको बैठक यसमा सहमती गरेर अगाडी बढ्न आज निर्णय भयो। व्याख्यात्मक टिप्पणीमा जे कुरा शंका उठाइएका थिए तिनलाई क्लियर गर्ने, यो अमेरिकी इन्डोप्यासिफिक रणनीतिको अंग होइन, यो नेपालमा नेपालको संविधान नै सर्वोपरी हुन्छ। यो विशुद्ध आर्थिक सहयोग हाम्रो विकासको लागि विकास सहयोगको रुपमा मात्रै यसलाई हामी बुझ्छौँ।'

वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्ष दल एमाले सरकारमा रहँदा एमसीसी सम्झौता संसदमा दर्ता भएकाले यसलाई पारित गर्न प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुने बताए। सम्झौतालाई राष्ट्रहितमा गराउने कुरामा कटिबद्ध हुँदै वर्तमान सरकारले यस सम्झौतालाई लागु गराउने उनले बताए। 

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App