१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ।

माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्। ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो।’ 

उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ।आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन्।

प्रकाशित: १२ फाल्गुन २०७८ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App