coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय तहको क्षमता जाँच: सबैभन्दा बढी अंक चौरजहारीलाई, कममा पञ्चेश्वर

स्थानीय तहको सूचना प्रविधिको क्षमतामा सबैभन्दा बढी अंक रुकुमको चौरजहारी नगरपालिकाले प्राप्त गरेको छ।

रुकुमको(पश्चिम भाग) स्थित सो नगरपालिकाले सबैभन्दा बढी अंक पाएको जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अध्ययनमा सो नगरपालिकाले ८० अंक पाएको छ।

यसैगरी सबैभन्दा कम अंक पाउने पालिकामा बैतडीको पञ्चेश्वर गाउँपालिका रहेको छ। सो पालिकाले मात्र १९ अंक पाएको छ। अध्ययन अवधिमा ४३४ स्थानीय तहले मात्र विवरण उपब्ध गराएका थिए। सो अध्ययनले स्थानीय तहहरको सूचना प्रविधि क्षमता अझ पनि कम रहेको देखिएको छ।

मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा गरेको छ। सो लेखाजोखामा स्थानीय तहहरमा सूचना प्रविधि पूर्वाधारको अवस्था, त्यस्तो प्रविधि प्रयोग गर्नका लागि आवश्यक पर्ने दक्ष एवम् तालिम प्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको अवस्थाजस्ता विषय अध्ययनमा समेटेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले उपलब्ध गराएको अनलाइन फाराम विवरण प्रविष्ट गरेका स्थानीय तहमध्ये महानगरपालिकाको संख्या ५ रहेको छ भने कूल ११ उपमहानगरपालिकामध्ये ७ वटा उपमहानगरपालिकाले विवरण भरेका छन्। त्यस्तै १५७ नगरपालिकाबाट विवरण प्राप्त भएको छ भने २६५ गाउँपालिकाले पनि विवरण भरेका छन्।

विवरण भरेका स्थानीय तहमध्ये २९ वटा स्थानीय तहमा नगर र गाउँ कार्यपालिका तथा कुनै पनि वडाहरुमा विद्युतको उपलब्धता नभएको उल्लेख गरेको मन्त्रालयले जनाएको छ।

यसैगरी सो अध्ययनले ४१५ वटा स्थानीय तहले हालसम्म सूचना प्रविधिसम्बन्धी कुनै नीतिगथ व्यवस्था नगरेको र ११ वटा स्थानीय तहले भने नीतिगत व्यवस्था गरी राजपत्रमा प्रकाशन गरेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७८ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App