coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्छः नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायालयभित्रको झगडा अन्त्यका लागि आयोग गठन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आयोजना गरेको ‘क्षेत्रीय प्रतिनिधिको परिचयात्मक तथा चियापान’ कार्यक्रममा उनले न्यायालयको झगडा अन्त्यका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्नुपर्ने बताएका हुन्।

‘सत्य र न्यायका पक्षमा लड्ने वकिलबीच एकापसमा झगडा हुनु दुःखद् हो, सरकार न्यायालयभित्रको झगडामा बोल्नुपर्छ’। उनले भने।

पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहेका नेता केसीले पार्टीभित्र वैचारिक आन्दोलन आवश्यक रहेको बताउँदै पार्टी नेताले होइन, नीतिले, व्यक्तिले होइन, विचारले चल्नुपर्नेमा जोड दिए।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सहमतिमा पार्टीका अधिवेशन सम्पन्न गरेर कांग्रेसलाई बलियो बनाउनुको विकल्प नरहेको बताए।

प्रकाशित: २७ कार्तिक २०७८ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App